Facebook

लोकनाथ आचार्य

एक वर्ष अघिको नीति तथा कार्यक्रमको योजना कति पूरा भयो ? अघिल्ला वर्ष सार्वजनिक गरिएका काम बने नबनेको बारे नागरिकलाई जानकारी गराएर मात्रै नयाँ कार्यक्रम ल्याइयोस् ।

थप पढ्नुहोस्
विनोद श्रेष्ठ

नीति तथा कार्यक्रममा गाडीलाई नाकामा धोएपछि मात्र काठमाण्डाै छिर्न दिने योजना रहेछ । यो योजना त्यति व्यवहारिक लागेन । गाडीलाई धोएर मात्र काठमाण्डाै प्रवेश भन्दा सडक मर्मतमा ध्यान दिनु उत्तम हुने थियो ।

थप पढ्नुहोस्
कपिल ज्ञावली

कम्युनिष्टले गरिब र विपन्न परिवारका लागि काम गर्छन् भनेर हजुरबुवाको पालामा सुनिन्थ्यो । तर, अहिले शक्ति, घरघडेरी, पहुँच, आफन्तवाद लगायत कारण सच्चा कम्युनिष्ट भेटिनै मुश्किल छ ।

थप पढ्नुहोस्
कृष्ण चोम्वाङ

विद्यार्थीको संख्या कति छ ? अघिल्लो एक वर्षमै थाहा हुँदाहुँदै पाठ्यपुस्तक समयमै नपाउनु जनक शिक्षा सामग्री लगायत, जिम्मेवार निकायको लापरवाही नै हो । वर्षेनि विद्यार्थीले किताब नपाएर समस्या भोगीरहेका छन् । सम्बन्धित पक्षलाई जिम्मेवार बनाएर समयमै चाहिने जति पुस्तक छापेर ढुवानीको व्यवस्था गर्नु पर्छ ।

थप पढ्नुहोस्
पदमसिंह ठकुरी

रााष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं पञ्चवर्षीय योजना पूरा हुन्छ भन्ने आशा त गरौं, तर भरोसा नगरौं । यसअघिका योजनाहरु पूरा नभएको देखिएकै हुन् ।

थप पढ्नुहोस्
अधुरो जीवन

हामी नागरिकले तिरेको करबाट सांसदहरुले गाडी किन्न लोभ देखाएको सुन्दा अचम्म लाग्यो । यसै देशका नागरिक खान लगाउन नपाएर मर्ने अनि यसै देशका सांसदलाई नै महँगा गाडी चाहिने, कस्तो दुखलाग्दो कुरा ।

थप पढ्नुहोस्
अशोक सरु

दुरसञ्चारसँग सम्बन्धित विभिन्न कम्पनीले आफ्ना तारहरु ब्यवस्थित नगर्दा शहर कुरुप हुँदै गएको छ । त्यस माथि बिग्रेका तारहरु त्यही छोडेर फेरी अर्को तार राखिन्छ कम्सेकम बिग्रेको तार त हटाईदेउ ।

थप पढ्नुहोस्
लक्षमण बहादुर सुनार

नेपालमा यो घुस्याहा नीति हिलेसम्म जिवित राख्ने हो हामीले । घुस लिनु र दिनु दुबै अपराध हो । त्यसैले घुस लिनेलाई मात्र हैन दिनेलाई पनि कारवाही गर सरकार अब ।

थप पढ्नुहोस्
टिकाराम ओली

ब्यबहारिक कानुन नभएको देश भयो हाम्रो नेपाल । हत्या भएको यतिका समय बित्दा पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले नागरिकका लागि के गर्छ भनेर आशा गर्नु ?

थप पढ्नुहोस्
विवेक काफ्ले

नेताले नागरिकका बारेमा सोच्ने भए निर्मला पन्त बलात्कृत हुनुपर्दैनथ्यो । विकास द्रुत गतिमा हुन्थ्यो होला, लाखौ नेपालीहरु बिदेशिने थिएनन् होला अनि हाम्रो देश यति धेरै पछि पर्दैन थियो होला ।।

थप पढ्नुहोस्
खगेन्द्र सोडारी

सांसदले आफूखुसी करोडौ रुपैया विकास खर्च गर्न पाउने भएपछी त अब सरकार को के काम ? हामीले बुझेसम्म त संसदिय व्यवस्थामा सांसदको काम कानून बनाउने, नागरिकको ईच्छा अभिव्याक्त गर्ने हो भने सरकारको काम विकास निर्माण गर्ने हो । हाम्रोमा त सांसदका नाममा नै बजेट चाहिने, यसो हो भने त सरकारले कानून निर्माण र संसदले कार्यपाल...

थप पढ्नुहोस्
सन्देश योगि

यातायात व्यावसायि र सरकार बिच १० प्रतिशत भाडा बढाउने सम्झौता त भयो । तर अहिले सोही निउमा तोकिएको भन्दा बढी भाडा माग्ने र यात्रुसँग झगडा गर्ने प्रबृत्ति देख्न पाइन्छ । यो विषयमा सम्बन्धीत क्षेत्रको ध्यान जाओस् ।

थप पढ्नुहोस्
मधुसुदन अधिकारी

देशमा सयौं पार्टी स्थापना भएका छन् । सबैले आफ्नो मात्र कानुन सहि र अरुको गलत भन्दै हिड्ने हो भने, देशमा कहिल्यै कानुन स्थापित हुन सक्दैन ।। कुनै पार्टीले अपराधीलाई कडा सजाय भन्ला तर कुनैले आजिवन कारागार चलाउनु पर्छ भन्ला । त्यसैले सबै मिलेर एउटै लक्ष्य र उद्देश्यका साथ हिड्नुहोस् ।।

थप पढ्नुहोस्
दामोदर घिमिरे

दिनहु जसो दुर्घटनाका समाचार सुनिन्छन् । देशका अधिकांश सडकमा कालोपत्रे उप्किएको छ, बीचमा खाल्डो परेको अवस्था त । त्यसै त धुवा, धुलोले पुरै गाउँ सहर नै प्रदुषित भएको बेला अझ २० वर्षे पुराना गाडी चलाउन दिँदा त्यसबाट स्वास्थ र सुरक्षामा कस्तो असर पर्ला ? सम्बन्धित निकायको ध्यान जाओस् ।

थप पढ्नुहोस्
नविन चापागाई

दर्जनौ पुल तथा सडक निर्माणको ठेक्का ओगट्दै अलपत्र पार्ने निर्माण सम्पन्न भएका आयोजनाहरु पनि न्यून गुणस्तरको बनाएको व्यापक जनगुनासो खेपिरहेको पप्पु कन्स्ट्रक्सन कम्पनीलाई सरकारले फेरी २ अर्ब रुपैयाँ भन्दा बढीको सरकारी ठेक्का दिनुलाई समृद्धिको अर्को उदाहरण मान्ने हामी नागरिकले ?

थप पढ्नुहोस्
गणेश प्रसाद हुज्दार

कंचनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अभियुक्तलाई सरकारले हालसम्म सार्वजनिक गर्न नसक्दा खोटाङका महिलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक थान चश्मा उपहार पठाउनु उहाँलाई व्यंगात्मक शैली हो । जुन एकदमै ठिक छ ।

थप पढ्नुहोस्
भरतराज भण्डारी

सरकार त कति फेरिए तर शासन विधी फेरिएन । राज्यको प्रमुख रहेका बेला राज परिवारको सुरक्षा घेराभित्र वंशनाश भएको कुराको त केही पत्ता लागेन हामी त नागरिक नै हौं । के आशा गर्न सकिएला र न्यायको ।

थप पढ्नुहोस्
बोधनाथ पौडेले

दुई दुईवटा वाइड बडी विमान किनेर राज्यका निकायहरुले ब्रह्मलुट गरेको खबर नसुनेको होइन । अब निजगढको विमानस्थल बनाउने नाममा ब्रह्मलुट गर्न लागेको खबर सुन्न पाउनु कुन नौलो कुरा रह्यो र ! जे जे गर्नुछ गर्नुहोला, तर विमानस्थलमा कालोपत्रे चाँडै उप्किएको या कमसल सामानको प्रयोगले विमानस्थल भत्केको खबर चाहिँ चाँडै सुन्न नपरे...

थप पढ्नुहोस्
बोधनाथ पौडेले

दुई दुईवटा वाइड बडी विमान किनेर राज्यका निकायहरुले ब्रह्मलुट गरेको खबर नसुनेको होइन । अब निजगढको विमानस्थल बनाउने नाममा ब्रह्मलुट गर्न लागेको खबर सुन्न पाउनु कुन नौलो कुरा रह्यो र ! जे जे गर्नुछ गर्नुहोला, तर विमानस्थलमा कालोपत्रे चाँडै उप्किएको या कमसल सामानको प्रयोगले विमानस्थल भत्केको खबर चाहिँ चाँडै सुन्न नपरे...

थप पढ्नुहोस्
स्माट विष्ट

तीन वर्षभित्र काठमाडौंमा मोनोरेल निर्माण हुने रे, कतिपय जिल्लामा गोरेटो बाटोसम्म राम्रो छैन । कच्चि सडकसम्म पुगेको छैन । ६ महिना गाडी र ६ महिना पैदल हिँडेर जानुपर्छ । कतिपय ठाउँमा कोही बिरामी र सुत्केरी भएमा बोकेर अस्पताल लानु पर्छ । कहिलेकाहीँ बाटैमा मान्छेको ज्यान जान्छ । त्यस्ता विकट जिल्लामा कम्तिमा गाडी जानेसम्...

थप पढ्नुहोस्
बिसन

प्रधानमन्त्री र मन्त्रीका भाषणबाजीमा समृद्धि र सुशासन भनिए पनि ब्यवहारमा देखिएको छैन । बितेका ६ महिनामा सरकारले गरेका कामले पनि प्रस्ट पार्न सकेको छैन । त्यसैले समृद्धि र सुशासनका नारा पत्याई हाल्नु पर्ने कुनै जायज आधार र कारण भेटिएकै छैन ।

थप पढ्नुहोस्