भाइरल गोर्खे’ आजदेखि देशभर प्रदर्शनमा : सामाजिक सञ्जालको प्रवृत्तिमाथि कटाक्ष

 जेठ ३०, २०८२ शुक्रबार ८:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सञ्जालमा भाइरल बन्ने प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै निर्माण गरिएको चलचित्र ‘भाइरल गोर्खे’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । निगम श्रेष्ठको निर्देशमा बनेको चलचित्रमा सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसले निम्त्याउने असरहरूलाई कथामा उठान गरिएको छ ।

चलचित्रले सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्तिलाई देखाएको छ । चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख अभिनय रहेको छ । त्यस्तै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाले पनि अभिनय गरिरहेका छन् ।

द जीएमआई एकेडेमी र निर्वाणा फिल्म स्कुलको ब्यानरमा निर्माण गरिएको चलचित्रमा विशाल ताम्राकार, महेश लामिछाने र केवलजङ्ग कुँवर निर्माता रहेका छन् । भुवन अधिकारी र निखिल पौडेल सह–निर्माताका रूपमा रहेका छन् । अमर महर्जनले छायाङ्कन गरेको चलचित्र छायाङ्कन लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनका विभिन्न ठाउँमा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया