सूचना प्रविधि उद्योगलाई विदेशमा लगानीको बाटो खुल्यो

 असार ६, २०८२ शुक्रबार ९:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सूचना प्रविधि उद्योगले विदेशीमा लगानीको लागि बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को चौथो संशोधन मार्फत सूचना प्रविधि उद्योगलाई विदेशी लगानीका लागि बाटो खोलिदिएको हो । यो व्यवस्थाअनुसार सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलर वा त्यो बराबरको विदेशी मुद्रासम्म विदेशमा लगानी गर्न पाउने छन् ।

औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनअनुसार सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पुँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्रमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशमा लगानी गर्न सूचना प्रविधि उद्योगले कम्तिमा पछिल्ला तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्ने विनियमावलीमा व्यवस्था छ । विदेशमा लगानी गर्ने सूचना प्रविधि उद्योगले राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी निवेदन दिनुपर्ने र निवेदन प्राप्त भएको १५ दिनमा राष्ट्र बैंकले निर्णय गरी जानकारी गराउने व्यवस्था संशोधित विनियमावलीले गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐनको व्यवस्था अनुसार विदेशमा लगानी गर्न स्वीकृति पाएका कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र लेखापरिक्षण प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।

यस्तै विदेशमा लगानीबाट आर्जित रकम वा लगानी फिर्ता गरी नेपालमा रकम भित्र्याउँदा बैंकिङ प्रणालीमार्फत भित्र्याउनु पर्नेछ । सटही सुविधा लिई विदेशमा लगानी गरेकोमा विदेशी विनिमय अपचलन भएको पाइएमा वा प्रचलित कानून विपरीत भएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने संशोधित नियामावलीमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया