पोखरा–मुग्लिन सडककाे पश्चिम खण्डमा १८ किलोमिटर सडक कालोपत्र
कात्तिक २७, २०८२ बिहिबार
काठमाण्डाै – काठमाण्डौदेखि भारतको कन्याकुमारीसम्म विद्युतीय गाडी (ईभी) मा ६ हजार ७ सय किलोमिटर लामो यात्रा सफलतापूर्वक सम्पन्न गरेका दुई जना नेपाली चालकलाई सिप्रदी ट्रेडिङले विशेष सम्मान गरेको छ ।
विजयराम कसजु र आशिषप्रसाद ओझाले भर्खरै नेपाली बजारमा सार्वजनिक भएको टाटा कर्भ ईभीमा यात्रा गरेर फर्किएपछि थापाथलीमा रहेको सिप्रदीको शोरुममा खादा, फूलमाला र मायाको चिनोसहित सम्मान गरिएको हो ।
यो यात्रा स्वच्छ वातावरणको सन्देश दिनुका साथै विद्युतीय गाडीले लामो दूरीको यात्रा पनि सहज रूपमा गर्न सक्छ भन्ने कुरा देखाउनु रहेको सिप्रदी ट्रेडिङका प्रबन्ध निर्देशक शावन्तजङ्ग सिजापतिले जानकारी दिनुभयो ।
यो यात्रा नेपालको सन्दर्भमा विद्युतीय गाडीको सम्भावना, भरोसा र वातावरणमैत्री भविष्यतर्फको एक प्रेरणादायी उदाहरण बनेको उहाँले बताउनुभयो । ‘यो यात्राले विद्युतीय गाडी लामो दूरीमा उपयुक्त हुँदैन भन्ने भ्रम तोडेको छ । हामीलाई गर्व छ कि हाम्रा चालकहरूले सुरक्षित र सफल यात्रा पूरा गर्नुभयो’, उहाँले भन्नुभयो ।
६ दिनमा सम्पन्न भएको यस यात्रामा कुनै मर्मतको आवश्यकता नपरेको दुवै जना चालकले जानकारी दिए । टाटा कर्भ इभीले एक पटकको पूर्ण चार्जमा झन्डै ३ सय ७५ किलोमिटर यात्रा गर्न सक्ने क्षमता राख्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।