टाटाको विद्युतीय गाडीमा ‘७.७ डिल्स’ : हरेक खरिदमा थाइल्यान्ड भ्रमण, बम्परमा आईफोन १६

 असार २०, २०८२ शुक्रबार १५:३२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय गाडीका ग्राहकलाई लक्षित गर्दै ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष योजना सार्वजनिक गरेको छ । हिजाेदेखि आउँदाे साेमवार असार २३ गतेसम्म चल्ने यो योजनामा टाटाका विद्युतीय गाडी खरिद गर्दा आकर्षक उपहार तथा सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

पाँच दिने यस अभियान अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्डका आफ्ना पुराना गाडीसँग टाटाका नयाँ विद्युतीय गाडी साट्न सक्नेछन् । यो अफर टाटाका लोकप्रिय विद्युतीय मोडलहरू टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार योजना अवधिभर गाडी खरिद गर्ने हरेक ग्राहकले एक जोडीका लागि थाइल्यान्ड भ्रमणको अवसर निःशुल्क पाउनेछन् । यसका साथै एक जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कार स्वरूप ‘आईफोन १६’ जित्ने मौका पाउनेछन् ।

गाडी खरिदमा थप सुविधा प्रदान गर्दै सिप्रदीले एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षको सवारी कर, आवश्यक एसेसोरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, चार्जिङ बक्स तथा जडान र एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधाहरू पनि निःशुल्क उपलब्ध गराउनेछ ।

यो योजना खरिदकर्ताका लागि मात्र नभई शोरुम भ्रमण गर्ने ग्राहकका लागि पनि आकर्षक बनाइएको छ । देशभरका टाटा मोटर्सका शोरुममा गाडीको टेस्ट ड्राइभ, बुकिङ तथा मूल्याङ्कन गराउने ग्राहकले पनि आकर्षक उपहारहरू प्राप्त गर्नेछन् ।

सिप्रदी ट्रेडिङले विद्युतीय गाडीकाे यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ यो उपभोक्तामैत्री योजना ल्याएको बताएको छ । यो अफर सीमित अवधिका लागि मात्र भएकाले इच्छुक ग्राहकलाई समयमै नजिकको शोरुममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया