‘शाम्बाला’ लाई वर्ष उत्कृष्ट चलचित्र पुरस्कार, विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता/अभिनेत्री

 असार ३०, २०८२ सोमबार १८:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मीनबहादुर भामले निर्देशन गरेको ‘शाम्बाला’ ले वर्षको उत्कृष्ट चलचित्र पुरस्कार पाएको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको हो । उत्कृष्ट निर्देशकको पुरस्कार पनि भामले नै पाएका छन् ।

यस्तै नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाउने ‘पूर्णबहादुरको सारङ्गी’ बाट विजय बरालले उत्कृष्ट अभिनेता र ‘खुस्मा’ बाट उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेतीको पुरस्कार जितेका छन् ।

यस्तै ‘पुजार सार्की’ बाट भरत रेग्मीले उत्कृष्ट सम्पादक, ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाँकार, ‘छक्कापञ्जा ५’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखन, नेपाल भाषाको ‘गालय् वान’ ले उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको पुरस्कार जितेका छन् ।

यस्तै निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘पुजार सार्की’ बाट प्रदीप खड्काले प्राप्त गरेका छन् । सबै विधामा उत्कृष्टले २५ हजार रुपैयाँ पाएका छन् ।

यसैगरी चलचित्र विकास बोर्डले निर्देशक लक्ष्मीमानथ शर्मालाई ३ लाख ७५ हजार रुपैयाँसहित दीर्घ साधना सम्मान प्रदान गरेको छ । यस्तै बोर्डले श्रवण मास्केलाई ५० हजार रुपैयाँको मरणोपरान्त विशेष चलचित्र पुरस्कार प्रदान गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया