इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष शुरू हुनुअघि नै सबै विश्वविद्यालयले आउँदाे आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् ।
विश्वविद्यालयहरूको आर्थिक स्वच्छता र देशको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर्थिक ऐनसम्बन्धी व्यवस्था अनुकूल हुने गरी सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सम्भवतः पहिलो पटक यसरी एकै समयमा बजेट पारित गरेका छन् । चालू आवको अन्तिम दिन असार ३२ गतेमात्रै नेपाल संस्कृत विश्वविद्यालयको ७८औैं र लुम्बिनी बौद्ध विश्वविद्यालयको १८औं सभा बैठक सम्पन्न भएको छ । आजै चिकित्सा शिक्षा आयोगको बैठक पनि राखिएको छ ।
यही असार ३१ गते एकै दिन चार वटा विश्वविद्यालयको सभा बैठक (सिनेट) भएको थियो । त्यस दिन सुदूरपश्चिम विश्वविद्यालयको १३औं, पूर्वाञ्चल विश्वविद्यालयको ४१औं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औं र कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४औं सभा बैठक सम्पन्न भई बजेट तथा कार्यक्रम पारित भएको थियो ।
यस्तै असार ३० गते मध्यपश्चिम विश्वविद्यालयको १७औं, राजर्षि जनक विश्वविद्यालयको १०औं, असार २६ गते त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा, असार २५ गते पोखरा विश्वविद्यालयको २५औं सभा बैठक भई बजेट पारित भएको छ । यसअघि काठमाण्डाै विश्वविद्यालय, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक आयोजना भइसकेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल यही असार २५ गतेमात्रै नियुक्त हुनुभएकाले असार २६ गतेको सिनेटमा नीतिगत कार्यक्रम पनि स्थगन गरी चाँडै अर्काे बैठकमा ल्याउन भनिएको छ ।
कुलपति ओलीको तत्परतामा सबै विश्वविद्यालय (प्रतिष्ठान) हरूले नयाँ आर्थिक वर्ष लाग्नुअघि नै आउँदाे आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा पनि यसरी विश्वविद्यालयको सभा राखिएको देशकै पहिलो शैक्षिक परिघटना सावित भएको छ ।
साथै यी विश्वविद्यालयहरूका स्रोत सुनिश्चितविनाका बजेट र कार्यक्रम राख्ने क्रम पनि रोकिएको छ । केही विश्वविद्यालयले घाटा बजेटसमेत प्रस्ताव गरेको स्थितिमा कुलपति ओली, सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको मार्गदर्शनमा यथार्थ बजेट हुने गरी संशोधित प्रस्ताव पारित भएको छ ।
साथै लामो समयसम्म लेखापरीक्षण नहुने र त्यस प्रतिवेदन सभामा पेश नहुने परिपाटी तथा लामो समय बेजुरु फर्छ्याेट नहुने प्रवृत्ति पनि निरुत्साहित भएको छ । कुलपति ओलीले आउँदा दिनमा आवअघि नै स्वीकृत नभएको बजेटपछि अनुमोदन नहुने स्पष्ट पारिसक्नुभएको छ ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानमन्त्री एवम् कुलपति ओलीले साउन १ गतेअघि नै सबै विश्वविद्यालयहरूले अनिवार्य रूपमा पारित बजेट मात्रै कार्यान्वयनमा ल्याई थिति बसाल्न दिनुभएको निर्देशन कार्यान्वयनमा आउनु अति सकारात्मक भएको बताउनुभयो । उहाँले यसबाट सरकार र विश्वविद्यालको सम्पर्क र सम्बन्ध पनि सुमधुर भई बजेट र कार्यक्रममा समन्वय विस्तार सहयोग पुग्नुका साथै लेखा परीक्षणमा पनि सहयोग मिल्ने प्रतिक्रिया दिनुभयो ।
कृषि तथा वन विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. शारदा थपलियाले कुलपतिको यस प्रकारको सुरुपष्ट निर्देशनले आफूहरूलाई शैक्षिक क्यालेन्डर कार्यान्वयन र सुशासन कायममा ऊर्जा मिल्ने बताउनुभयो ।
विगतमा आर्थिक वर्ष शुरू भइसकेपछि पनि वार्षिक बजेट र कार्यक्रम प्रस्तुत र पारित हुने, कतिपय विश्वविद्यालयका पदाधिकारीको रिक्तता र विवादका कारण सिनेट बैठक हुन नसक्दा विश्वविद्यालयहरुका आर्थिक थिति बस्न सकेको थिएन । यस वर्ष प्रधानमन्त्री एवम् कुलपति ओलीले ६ महिना अघिदेखि नै आउँदाे आवको बजेट यस आवभित्र पारित गर्न पटकपटक निर्देशन दिनुभएको थियो ।
असारको दोस्रो हप्ता प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तासम्बन्धी चौथो सम्मेलनका लागि स्पेनको औपचारिक भ्रमण, स्वदेश फर्केपछि नियमित अन्य काम, राजनीतिक भेटघाट, रसुवागढीमा आकस्मिक बाढीको विपत्ति र गृहजिल्ला झापाका कार्यक्रमका व्यस्तताका बीच ओलीले आफू कुलपति भएका विश्वविद्यालय र प्रतिष्ठानहरूको सिनेट राख्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।