त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हरायो

 साउन १, २०८२ बिहीबार ६:४९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिदेशीय टी–२० अन्तर्राट्रिय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकामाथि जीत निकालेको छ ।

हिजो जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्‍याे ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८ ओभर २ बलमा १ सय ५२ रनमा समेटियो । दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३५ रन बनाए ।

न्युजिल्यान्डका लागि जोकेब डफी र म्याट हेनरीले समान ३ तथा इश सोडिले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनको बनायो ।

न्युजिल्यान्डका टिम रोबिन्सनले अविजित रहँदै अर्धशतक बनाए । रोबिन्सनले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे ।

दक्षिण अफ्रिकासँग समान २ अङ्क बनाएको न्युजिल्यान्ड रनरेटमा अघि रहेर शीर्ष स्थानमा छ । घरेलु टोली जिम्बाब्वे अङ्कविहीन छ ।

सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । त्यसपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । सिरिजको तेस्रो खेल शुक्रवार न्युजिल्यान्ड र जिम्बाब्वेको बीचमा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया