सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
– मनोज दाहाल, सुनसरी
सुनसरी, इटहरीकी समाजसेवी तथा सांस्कृतिक अभियन्ता गीता गौतमलाई भारतको छत्तीसगढमा आयोजित विशेष समारोहमा 'नारी रत्न अवार्ड'बाट सम्मानित गरिएको छ।
मानव अधिकार एवम् अपराध नियन्त्रण ब्यूरोद्वारा आयोजित समारोहमा नेपाली प्रतिनिधित्व गर्दै इटहरीबाट पुगेकी गीताले नेपाली लोक नृत्यमार्फत देशको कला र संस्कृतिको उज्यालो छवि प्रस्तुत गरिन्।
ब्यूरोका नेशनल अध्यक्ष डा. रणधिर कुमारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालको तर्फबाट पूर्वेली ‘मारुनी’ नृत्य, पश्चिमेली ‘कौडा’, र नेपाली राष्ट्रिय गीतमा आधारित प्रस्तुति मार्फत सांस्कृतिक बहुरूपताका झल्को प्रस्तुत गरिएको थियो। प्रस्तुति गीताको नेतृत्वमा आश्रमका बालबालिका सेन्छु गौतम, कृष्ण गौतम, भारती, युनिषा लगायतले गरेका थिए।
गीताले यसअघि पनि भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा 'दक्षिण एशियाली नेल्सन मण्डेला ह्युमन राइट्स अवार्ड' प्राप्त गरिसकेकी छन् ।
साथै, विभिन्न देशबाट मानव अधिकार र सामाजिक सेवामा योगदानको मूल्याङ्कन स्वरूप सम्मानित हुँदै आएकी छन्।
उनीसँगै आश्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि समारोहमा सामाजिक सेवामा समर्पणका लागि सम्मानित भए। इटहरीमा लामो समयदेखि शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमै सक्रिय श्रेष्ठ चलचित्र निर्माताका रूपमा पनि परिचित छन्। उनले ‘धुन’, ‘त्रिपास’, ‘मनै त हो’ जस्ता सन्देशमूलक नेपाली चलचित्र निर्माण गरेर समाजमा चेतना जगाउने कार्य गर्दै आएका छन् ।
त्यसैगरी, कार्यक्रममा इटहरीका बहुप्रतिभाशाली कलाकार तुलसी घिमिरे पनि सम्मानित भए। छत्तीसगढ सरकारले उनलाई 'छत्तीसगढ कलारत्न अवार्ड' प्रदान गर्यो।
नेपाली सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा विशेष योगदान दिएका घिमिरेले सो कार्यक्रममा पूर्वेली मारुनी, पश्चिमेली कौडा, र नेपाली राष्ट्रिय गीतहरूमा नृत्य कोरियोग्राफी गरेर प्रस्तुति दिएका थिए।
यो सम्मानले नेपाली कला, संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान थप सुदृढ मात्र बनाएको छैन, सांस्कृतिक कूटनीतिका रूपमा समेत कार्य गरेको छ।
गौतम, श्रेष्ठ र घिमिरेजस्ता पात्रहरूले नेपाली संस्कृतिको समर्पण, मेहनत र पहिचानलाई विश्वसामु उभ्याएका छन्।
नेपाली भूमिबाट उठेका यस्ता चम्किला प्रतिभाहरूको योगदान देशकै गौरव बन्न पुगेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।