मदन पुरस्कार २०८१ काे ‘श्रेष्ठ सूची’ सार्वजनिक

 साउन ६, २०८२ मंगलबार १२:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मदन पुरस्कार २०८१ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीले आज सात वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

२०८१ को मदन पुरस्कारका लागि प्राप्त भएका दुई सय ९९ पुस्तकमध्ये गुठीले सात वटालाई श्रेष्ठ सूचीका रूपमा छनोट गरेको हो । यिनै सात वटा पुस्तकमध्येबाट एउटा सर्वाेत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

मदन पुरस्कार गुठीले सार्वजनिक गरेको श्रेष्ठ सात पुस्तकहरूमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो ः कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन) सम्बन्ध र भारत) तथा तीर्थ गुरुङको ‘हिउँको गीत’ रहेका छन् ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया