सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डौ – अब सार्वजनिक ठाउँमा टेलिकम कम्पनी बाहेक अरूको वाईफाई बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सञ्चालन विनियमावली २०७५लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अरू संस्थाले सार्वजनिक ठाउँमा दिइरहेको वाईफाई बन्द गर्नु गरी विनियमावली संशोधन भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अरू संस्थाले कुनै भवन वा भवनले ओगटेको घर कम्पाउण्ड, बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङमल, उद्यान, बगैंचा लगायत सार्वजनिक ठाउँले ओगटेको निश्चित क्षेत्रफल भएको ठाउँमा वाईफाई सञ्चालन गर्न पाउनेछन् ।
यस्तै, यस्ता संस्थाले एक पटकमा निश्चित समयावधिको लागि वा निश्चित मात्रामा मात्र सार्वजनिक ठाउँमा वाईफाई हटस्पट स्थापना गर्न सक्ने व्यवस्थामा भने रोक नलगाइएको प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।