ललितकलामा ‘एआई’को प्रयोग उपयोगी

 साउन २२, २०८२ बिहीबार १०:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितकलामा एआईको समयसापेक्ष उपयोग अपरिहार्य रहेको काठमाण्डौमा भएको कार्यक्रमका वक्ताहरुले बताएका छन ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हिजो भएको ‘ललितकलामा एआई’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले ‘एआई जेनेरेटेड’ कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा ठाउँ दिन सकिने बताएका हुन ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताउनुभएको छ ।

समयअनुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उहाँको भनाइ थियो ।

लेखक/पत्रकार अजय शर्माले एआईको विषयमाथि प्रस्तुति दिँदै एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा जानकारी दिनुभएको थियो ।

शर्माको प्रस्तुितमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गर्नुभएको थियो । उहाँले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतीबारे पनि समयमै सचेत हुनपर्ने  र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया