महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

 साउन २६, २०८२ सोमबार १८:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – दार्चुलामा महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ परेका छन् । झन्डै पौने ३ करोड रुपैयाँ रकम हिनामिना गरेको आरोपमा शाखा कार्यालय गोकुलेश्वरका शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनञ्जय पन्त, नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद र ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त पक्राउ परेका हुन् ।

शनिवार पक्राउ परेका चारै जनाविरुद्ध बैंकिङ कसूरसम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न आइतवार जिल्ला अदालतबाट पहिलो चरणमा ७ दिनको म्याद प्राप्त भइसकेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

डीएसपी दाहालका अनुसार महालक्ष्मी बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले ४ जनाले मिलेर बैंकको ‘सञ्चिति रकम’ २ करोड ८४ लाख ७६ हजार ७ सय २ रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

बैंकको भल्टमा रहेको पौने ३ करोड रुपैयाँ हिनामिना भएको देखिएको र त्यो कुन प्रयोजनमा खर्च भयो भन्ने छानबिन भइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया