प्रहरीले धनुषामा गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गर्‍याे

 साउन २८, २०८२ बुधबार १८:६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – प्रहरीले धनुषामा गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रूपमा खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पप्पु शाह र सेलुदेवी राम रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । उनीहरूकाे साथबाट २ सय २५ ग्राम खैरो हेरोइन बरामद भएको उहाँले बताउनुभयो ।

पप्पुको दाहिने खुट्टामा गोली लागेको र अहिले अस्पतालमा उपचार भइरहेको छ भने सेलुदेवी प्रहरीको हिरासतमा छन् । गोली लागेका पप्पु यसअघि पनि लागूऔषधसहित पक्राउ परी अदालतबाट तीन वर्ष कैद सजाय भोगेका व्यक्ति हुन् ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया