लाङटाङमा लाङटाङ दूत अशोक सिलवालको ‘एभरेस्ट’ पुस्तक सार्वजनिक

 भदौ ८, २०८२ आइतबार १०:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लाङटाङ सदभावना दूत अशोक सिलवालको ‘एभरेस्ट’ पुस्तक लाङटाङमा सार्वजनिक भएको छ । ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत पुस्ताक लाङटाङको गोसाइँकुन्ड गाउँपालिका–४ का अध्यक्ष डिन्डु जाङ्वा र स्थानीयसहित लाङटाङ क्षेत्रको झन्डै चार हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जीङमा सार्वजनिक गर्नुभएको हो । 

‘यो प्रकृति र प्रेमको यात्रा हो । संसारकै शीर सगरमाथाको यात्रा भए पनि यो भुइँतिरको यात्रा हो’, नेपाल गाइड सिलवालले भन्नुभयो, ‘यो यात्रा वृतान्तमात्र होइन, मनमा जेनिफर र भूगोलमा जुलीसँगको सगरमाथा सम्वाद हो । बीचबीचमा आउने भरिया भाइ, दाँत फुक्लेका बुढाजस्ता अनेक हिमालयबासी र संसारका अनेक देशबाट सगरमाथा आएका अनेक यात्रीका संवेदनाहरुको दस्तावेज पनि हो ।’

पुस्तक ‘एभरेस्ट’ सिलवालको पाँचौं पुस्तक हो । सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’, यात्राका तीतामीठा समेटिएको ‘श्रीलङ्का स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ पुस्तक प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहनुभएका पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुनुहुन्छ । 

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया