दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
काठमाण्डौ – २०८१ सालको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको ‘छालबाटो’ लाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहर भएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्छ ।
दुई सय तीन वटा पुस्तकमध्ये गएको असार १५ गते विस्तारित र साउन १५ गते संक्षिप्त सूची प्रकाशित भएको थियो । सूचीबाट ‘छालबाटो’ ले पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्न सफल भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो । ‘छालबाटो’ ले कैलाश मानसरोवर हुँदै तिब्बतकाे कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, विस्थापनलगायतका विषयलाई समेटेको छ ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले योपटकको पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई र ‘पद्मश्री गौरव पुरस्कार’ प्राध्यापक डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । यी सबै पुरस्कारको राशि जनही तीन लाख तथा सम्मानपत्र रहेको छ ।
यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जानकारी दिएको छ । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले प्राप्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।