फेसबुकसहितका सामाजिक सञ्जाल सूचीकृतका लागि अहिलेसम्म सम्पर्कमा आएनन्

 भदौ १८, २०८२ बुधबार १७:८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सूचना जारी गरेर सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको समयसीमा अन्तर्गत आज अन्तिम दिन हो । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि भन्दै सात दिने सूचना निकालेको थियो ।

सूचना अनुसार आज राति १२ बजेअघि सूचीकरणका लागि सम्पर्कमा आइसक्नुपर्छ । तर आज दिउँसो पौने ५ बजेसम्म कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमा नआएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले निर्णय गरेर सामाजिक सञ्जाल सूचीकृत नभएमा बन्द गरिदिने चेतावनी दिएको हो । सामाजिक सञ्जालले आज राति १२ बजेसम्म एउटा मेल मात्रै गरेमा पनि कारबाही प्रक्रिया अघि नबढाउने तर कुनै सम्पर्क नगरेमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जाने प्रवक्ता ठाकुरले बताउनुभयो ।

सरकारले यसअघि टिकटकमाथि प्रतिबन्ध लगाएकोमा नेपालमा सूचीकृत हुन आएसँगै पुनः सञ्चालनमा आएको छ । केही समयअघि सरकारले टेलिग्रामलाई नेपालमा निष्क्रिय गरेको छ । अहिले विशेषगरी मेटा कम्पनीका फेसबुकलगायतका सञ्जाल र ट्विटर भनिने 'एक्स' लाई लिएर धेरैले चासो राखेका छन् ।

सरकारले समयसीमा दिएपछि मेटा कम्पनीले सरकारसँग सम्पर्क गरेको छैन तर यही बीचमा कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले यो सेवा आधिकारिक रूपमा नेपालमा शुरू भएको जानकारी दिन थालेको हो ।

सरकारले बन्द गर्ने धम्की दिइरहेका बेला प्रयोगकर्तालाई पैसा कमाउन सकिने सुविधा दिएर सरकारप्रति उल्टो दबाव सिर्जना गरेको आईटी विज्ञहरू बताउँछन् ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया