सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डाै – सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल 'एक्स' अर्थात् ट्विटर सम्पर्कमा आएको छ ।
ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको छ ।
फेसबुकबाट भने आज दिउँसोसम्म आधिकारिक रूपमा कुनै पनि पत्राचार नभएको ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । फेसबुकले पनि सम्पर्क गरेको भन्नेबारे अहिलेसम्म बाहिर आएका विषयमा सत्यता नरहेको उहाँले बताउनुभयो ।
अहिलेसम्म नेपालमा दर्ता नभएका त्यस्ता प्लेटफर्मले सूचीकरणका लागि निवेदन दिए आवश्यक प्रक्रिया पूरा भएपछि निष्क्रिय सूचीबाट हट्नेसमेत सञ्चार मनलयका प्रवक्ता ठाकुरले बताउनुभएको छ ।
विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन सरकारले हिजो सम्बन्धित निकायमा आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायतका सामाजिक सञ्जाल छन् । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।