कैदीबन्दी पक्राउ पर्ने क्रम चल्दै, स्थानीय बासिन्दाले पनि समातेर बुझाउन थाले

 भदौ २६, २०८२ बिहीबार १२:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सप्तरीको राजविराजमा रहेको कारागारबाट भाग्ने प्रयास गरिरहेका १ सय ९२ जना कैदीबन्दीलाई नेपाली सेनाले पक्राउ गरेको छ ।

यस्तै कञ्चनपुरको चाँदनीमा भारततर्फ जाँदै गरेका ७ जना कैदीलाई भारतीय सीमा सुरक्षा बलले समातेर नेपाली सेनालाई बुझाएको छ । १ जना कैदीलाई स्थानीय बासिन्दाले समातेर इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् । कञ्चनपुर कारागारबाट भागेकामध्ये १२ जना कैदी आफैँ कारागारमा हाजिर भएका छन् ।

यस्तै रामेछापमा रहेको कारागारका कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले चलाएको गोली लग्दा २ जना कैदीबन्दीको ज्यान गएको छ । १२ जना कैदी घाइते भएका छन् ।

अहिलेसम्म देशभरको कारागारबाट भागेकामध्ये १ हजार ४ सय ५५ जना कैदीबन्दी पक्राउ परेका छन् । अझै १२ हजार ८ सय ५२ जना कैदीबन्दी फरार छन् । त्यसैगरी प्रहरी हिरासतमा रहेका ५ सय ७३ थुनुवा फरार भएका छन् ।

यस्तै आन्दोलनका क्रममा लुटिएकामध्ये ९४ नाल हतियार बरामद गरेको सेनाले जनाएको छ । यसैबीच काभ्रेको बनेपा नगरपालिकामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया