झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
काठमाण्डाै – औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ ।
प्रायः बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । जस अनुसार असोज १६ गते मनसुन बाहिरिनुपर्ने भए पनि यस वर्ष केही दिन लम्बिने अनुमान रहेको उहाँले बताउनुभयो ।
लामिछानेका अनुसार आज राति पनि देशभर साधारणतया मौसम बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका केही ठाउँ तथा बाँकी भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका १/२ ठाउँमा ठूलाे वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।