राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा इराकमा राजनीतिक मिसन अन्त्...
मंसिर २८, २०८२ आइतबार
'जेन–जी' सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह हो । अङ्ग्रेजीको 'जेनेरेसन जेड' लाई छोटकरीमा 'जेन–जी' भनिएको हो । जेन अल्फा, सबैभन्दा पछिल्लो पुस्ता हो । सन् २०१२ पछि जन्मिएका जेन अल्फाका बालबालिका हुन् । नेपालमा अघिल्लो महिना भदौ २३ र २४ मा भएको 'जेन–जेड' (जेनजी) आन्दोलनले 'जेन–अल्फा' पुस्तामा के–कस्ता प्रभाव पारेको होला ? यस बारेमा विभिन्न पक्षबाट चर्चा गर्न सकिन्छ । अनि 'जेन–जेड' आन्दोलनले 'जेन–अल्फा' पुस्तामा कस्ता कुराहरू सिकाउन सफल भयो त ? यो पनि मूल प्रश्न छ । 'जेन–अल्फा' पुस्ताले फेरि पनि तोडफोडलाई समस्या समाधानको बाटो माने कि अहिंसात्मक आवाज उठाउनुलाई समस्या समाधानको बाटो मानेका छन् त ? यसतर्फ बहस आवश्यक छ ।
'जेन–अल्फा' को विचारमा 'जेन–जेड' आन्दोलन के हो र किन गरियो ?
अहिले कक्षा ६ र ७ मा पढ्ने धेरैजसो बालबालिका 'जेन–अल्फा' समूहका छन् । गएको भदौ २३ र २४ गते आन्दोलन, हिंसा, तोडफोड र आगजनीबाट बालबालिकाको पठनपाठन प्रभावित नै भयो । भदौ २९ र ३० गते काठमाण्डौका केही विद्यालयमा अध्ययनरत बालबालिकालाई स्कुल जाँदै गर्दा, स्कुलबाट फर्किँदै गर्दा र स्कुलमै सामूहिक रूपमा 'जेन–जेड' आन्दोलन किन भयो ? तपाईंलाई के लाग्छ ? भनेर प्रश्न गर्दा फेसबुक, टिकटक, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जाल सरकारले बन्द गरेको अवस्था र नेपालका नेताहरूले भ्रष्टाचार गरेकोले भन्ने उत्तर धेरै बालबालिकाले दिएको पाइयो । देशमा भ्रष्टाचार धेरै छ, नेताहरू गलत छन् भन्ने कुरा उनीहरूले केही शीर्ष नेताहरूकै नाम तोकेर भन्न सक्ने साहस गरे ।
'जेन–अल्फा' मा परेका र पर्ने प्रभावहरू
बालबालिकामा सबैभन्दा ठूलो असर भनेको मेरो देश राम्रो छैन, यहाँ बस्नु हुँदैन, म त विदेश जाने हो भन्ने जस्ता विचारहरू पनि व्यक्त भइरहेका छन् । अर्कोतर्फ बालबालिकाले आन्दोलन, झडप, निषेधाज्ञा, कर्फ्यु जस्ता शब्दहरू सिक्ने अवसर पाएका छन् । यस्तै पुराना दलहरूले सिकाएको तोडफोड र आगजनीको प्रभाव 'जेन–जेड' को आन्दोलनमा पनि देखियो । अर्कोतर्फ लुटपाट र आगजनीको गलत अभ्यास पनि देखिएको छ । यसलाई 'जेन–जेड' ले घुसपैठ भएको भनिरहेका छन् । तर जे–जस्ता घटनाक्रम भए पनि 'जेन–अल्फा' मा भने यसको नराम्रो प्रभाव परेको पाइन्छ । तर केही सकारात्मक पक्ष पनि छन् ।
सकारात्मक प्रभावहरू
१, बालबालिकामा सक्रिय नागरिक चेतना विकास अर्थात् आफ्नो देश र समाजका कुराहरू बुझ्ने, न्याय, पारदर्शिता, मानव अधिकार जस्ता मूल्यहरू महत्त्वपूर्ण
२, संवाद गर्ने अवसर—अभिभावक, शिक्षक र समाजले बालबालिकासँग आन्दोलनका विषयहरूबारे खुला रूपमा चर्चा गर्ने, प्रश्नहरू सुन्ने र जवाफ दिने
३, बालबालिकामा सहानुभूति, समझदारी र सामाजिक सम्बन्धको पक्ष बलियो हुन सक्ने
४, आन्दोलनका कारण केही बालबालिकामा सामाजिक न्याय, भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता जस्ता विषयप्रति जिज्ञासा जाग्न सक्ने, उनीहरूले परिवर्तनका सवाललाई सम्बोधन हुनुपर्छ भन्ने बोध गर्न सक्ने
५, बालबालिकाहरूमा के ठीक हो, के गलत हो भन्ने मूल्य/नैतिकतासम्बन्धी पालनका अवसर बढ्न सक्ने
नकारात्मक असरहरू
१, शिक्षा र दैनिकीमा अवरोध
आन्दोलनका कारण स्कूल बन्द हुने, यातायात र सुरक्षाका कारण बाहिर निस्कन नसक्ने अवस्थाको सिर्जना र यसले अध्ययनमा ध्यान दिन समस्या हुने
अभिभावक र शिक्षकहरूको चिन्ता र व्यस्तता बढ्ने, बालबालिकासँग आफ्ना भावनाहरू व्यक्त गर्ने समय कम हुने
२, भावनात्मक/सामाजिक व्यवहार परिवर्तन
अभिभावक या आफन्तहरू नै आन्दोलनमा सहभागी भएको कुरा बालबालिकाले सुने/देखेका छन्, यसले बालबालिकामा म सुरक्षित छैन भन्नेसम्मको भावना उत्पन्न हुन सक्ने
बालबालिकामा डर/त्रास, अस्थिरता, सम्भावित गलत सूचनाले भ्रममा पर्ने अवस्था आउन सक्ने
३, मानसिक स्वास्थ्यमा असर
आन्दोलनको भीडभाड, हिंसात्मक दृश्य, आक्रोश र आन्दोलनका समाचार/तस्वीर/भिडियोहरू हेर्दा बालबालिकाको मनमस्तिष्कमा तनाव, डर, अनिश्चिततालगायत भावनात्मक समस्याहरू उत्पन्न हुन सक्ने
बालबालिकामा निद्राको समस्या, खाना खान नमान्ने, काममा लगाव नलाग्ने, झर्को झगडा, चिन्तामा वृद्धि जस्ता सङ्केत देखिन सक्ने
सम्भावित जोखिम/दीर्घकालीन असर
यदि तनाव, त्रास र डर लामो समयसम्म रहन्छ भने आत्मविश्वासमा कमी, डरग्रस्त विचार, समाजसँगको सम्बन्धमा दूरी बढ्ने सम्भावना
समाजमा भएका असल राजनीति गर्ने व्यक्तिप्रति पनि नकारात्मक भावनाको विकास हुन सक्ने
हिंसात्मक बाटोबाट समस्याको समाधान हुन्छ भन्ने कुराको मनोवैज्ञानिक विकास हुने जोखिम
अभिभावक वा समाजबाट आवश्यक सहयोग नपाउँदा, भावनात्मक/मनोवैज्ञानिक समस्या बढी गहिरो हुन सक्ने
समाधान/सुझावहरू
१, उमेर अनुसार सही सूचना दिइराख्नु
आन्दोलनका घटनाबारे बालबालिकालाई सजिलो भाषामा र आवश्यक मात्र जानकारी दिएर बुझाउने, हिंसात्मक दृश्यहरूबाट सजग राख्ने
२, मनोवैज्ञानिक समर्थन
विद्यालय वा सामुदायिक हितका कार्यक्रममार्फत बाल मनोविज्ञान विशेषज्ञसँग पहुँच सुनिश्चित गर्ने; डर, चिन्ता, तनावका लक्षणहरू देखिएमा समयमै सहयोग गर्ने
३, असल दिनचर्या कायम राख्ने
पढाइ, खेलकुद, सिर्जनात्मक क्रियाकलाप, परिवारसँग समय बिताउने जस्ता गतिविधिमा आफ्ना बालबालिकालाई व्यस्त राख्ने
४, अभिभावक र शिक्षकको भूमिका
बच्चाका कुरा सुन्ने, उनीहरूलाई सुरक्षित महसुस गराउने, गलत सूचनाविरुद्ध सचेत बनाउने
५, मिडिया/सामाजिक सञ्जालको पहुँच नियमन
बच्चाहरूले सामाजिक सञ्जाल वा समाचार हेर्दा अभिभावकको मार्गनिर्देशनसहित सामग्रीको चयन र अनुपयुक्त सामग्रीबाट सुरक्षित राख्ने व्यवस्था मिलाउने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लेखक तनाव व्यवस्थापन सम्बन्धी विषयमा बेलायतबाट तालिम प्राप्त गरी नेपालमा प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।