इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
भारतको लद्दाखबाट सामाजिक अभियन्ता सोनम वाङ्चुक पक्राउ पर्नुभएको छ । उहाँलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत मुद्दा लगाइएको छ । हिजो सोनम पक्राउ परेसँगै लद्दाखको लेहमा इन्टरनेट सेवा बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । गलत सूचना फैलनबाट रोक्न इन्टरनेट सेवा बन्द गरिएको हो ।
लद्दाखलाई राज्यको मान्यता दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै प्रदर्शनमा सहभागी र सुरक्षाकर्मीबीच गएको बुधवार हिंसात्मक झडप भएको थियो । घटनामा चार जनाले ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्मयका अनुसार लद्दाखको लेहमा भएको हिंसात्मक प्रदर्शनमा भारत सरकारले उहाँलाई जिम्मेवार ठहर्याएको छ ।
झडपपछि उहाँले अनशन तोड्नुभएको थियो । भारतको गृह मन्त्रालयले सोनमले नेपालमा हालै भएको जेन–जी आन्दोलनको उदाहरण दिएर भिडलाई उक्साएको आरोप समेत लगाएको छ । भारतीय संविधानको छैटौँ अनुसूचीले लद्दाखजस्ता मुख्यतः आदिवासी समुदाय बसोबास गर्ने क्षेत्रहरूलाई विशेष स्वायत्त राज्यको रूपमा विभिन्न विशेष अधिकारको व्यवस्था गरेको छ । सन् २०१८ मा र्यामोन म्यागसेसे पुरस्कार पाएका अभियन्ता सोनमले केन्द्र सरकारले लगाएका सबै आरोपलाई अस्वीकार गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।