राष्ट्रपति, प्रधानमन्त्रीसँग वार्ता गर्न जेन–जी वार्ता टोली घोषणा

 असोज १२, २०८२ आइतबार १८:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जेन–जीका केही युवा प्रतिनिधिहरूले सरकारसँग वार्ता गर्ने भन्दै टोली घोषणा गरेका छन् ।

आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरी उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारी प्रतिनिधिसँग वार्ता गरी आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले टोली गठन गरेको जानकारी गराएको हो ।

वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेका छन् । अब थप ३ जना भने शहीद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उनीहरूले आफूहरूको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् ।

अन्तिम अपडेट: मंसिर २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया