देशका धेरै ठाउँमा वर्षा गराएको मौसमी प्रणाली देशबाट बाहिरियो

 असोज १९, २०८२ आइतबार १५:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा अत्यधिक वर्षा गराएको मौसमी प्रणाली देशबाट बाहिरिएको छ ।

शुक्रवार र शनिवार धेरै ठाउँमा वर्षा गराएको प्रणाली आज दिउँसोदेखि बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली अहिले सिक्किम–भूटान आसपासमा सक्रिय रहेको छ ।

महाशाखाका अनुसार कोशी जलाधारको केही ठाउँमा भइरहेको वर्षा पनि चाँडै रोकिने सम्भावना छ । वर्षा रोकिए पनि कोशी नदीको बहाव अझै उच्च रहेकोले बेलुकासम्म तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने मौसमविद्को सुझाव छ । तत्काल ठूलो वर्षा गराउने अर्को प्रणालीको सम्भावना नरहेको पनि मौसमविद्को भनाइ छ ।

पछिल्ला दिनमा वर्षा गराएको प्रणाली बाहिरिए पनि मनसुन बाहिरिएको छैन । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख अर्थात् असोज १६ गते रहे पनि अझै केही दिन मनसुन कायमै रहने मौसमविद्को अनुमान छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया