रौतहटको महेशपुरमा २४ घण्टामा ३५८ मिलिमिटर वर्षा मापन

 असोज १९, २०८२ आइतबार १८:९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – राैतहटकाे महेशपुरमा पछिल्लाे २४ घण्टामा ३५८ मिलिमिटर वर्षा मापन भएकाे छ । हिजो बिहान साढे ४ बजेदेखि आज बिहान साढे ४ बजेसम्ममा महेशपुरमा सबैभन्दा धेरै वर्षा मापन भएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यसैबीच पहिरोले धेरै मानवीय क्षति भएको इलाममा बितेकाे २४ घण्टामा ३३२ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

इलामको हिमाली गाउँ केन्द्रमा ३३२ दशमलव ६ मिलिमिटर र कन्याम टी स्टेटमा ३१४ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यो अति भारी वर्षा हो ।

देशभर रहेका २ सय ९५ मापन केन्द्रमध्ये १ सय ८६ वटा केन्द्रमा वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसमध्ये ५ वटा केन्द्रमा ३०० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । २१ वटामा २०० मिलिमिटरभन्दा धेरै र ६८ वटामा १०० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया