४ वटा प्रदेशबाट मनसुन बाहिरिन शुरू

 असोज २०, २०८२ सोमबार १४:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरू गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यसपालि केही ढिला गरेर मनसुन बाहिरिन शुरू गरेको हो । मनसुन बाहिरिने समयमा अस्ति शुक्रवारदेखि आइतवार बिहानसम्म देशका धेरैजसो ठाउँमा वर्षा भएको थियो ।

नेपालमा गएको जेठ १५ गते मनसुन भित्रिएको थियो । मनसुन भित्रिएको २३औं दिनमा असार ६ गते देशभर फैलिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यसपालि २ हप्ताअघि नै भित्रिएको थियो ।

अन्तिम अपडेट: मंसिर २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया