मनसुन बाहिरिए पनि २ वटा प्रदेशमा वर्षाको सम्भावना

 असोज २०, २०८२ सोमबार १८:१६:३८ | रासस
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण विशेषगरी आज र भाेलि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू–भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका १/२ ठाउँमा हल्का वर्षासमेत भइरहेको छ । यी प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाकाे आग्रह छ ।

विभागका अनुसार ४ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालेको छ । नेपालबाट मनसुन सामान्यतया अक्टाेबर २ तारिखमा बाहिरिने भए पनि यसपालि केही ढिला भएकाे हाे ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बर्हिगमन हुने समयमा सक्रिय हुने गरेको जानकारी दिनुभयो । ‘सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ तर कहिलेकाहीँ लम्बिन पनि सक्छ’, लामिछानेले भन्नुभयाे ।

अन्तिम अपडेट: मंसिर २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया