इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । दिउँसो कोशी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अरू सबैजसो ठाउँको मौसम सफा छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ ।
गएको जेठ १५ मा नेपाल भित्रिएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी अस्तिदेखि देशभरबाट बाहिरिएको थियो । मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभावले बदली र वर्षाको सम्भावना भने रहन सक्ने महाशाखाले जनाएको । त्यस्तै बिहान र बेलुका चिसो बढ्न थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।