शेयर बजार २ हजार ५ सय ५ विन्दुमा झर्‍याे, काराेबार रकम ३ अर्ब १० कराेड रुपैयाँमा सीमित

 असोज २९, २०८२ बुधबार १५:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५८ अङ्कले घटेर २ हजार ५ सय ५ दशमलव ५८ विन्दुमा झरेको छ । हिजो नेप्से १९ अङ्कले घटेको थियो ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २ सय ६ वटा कम्पनीका शेयर घटेकोमा ४० वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त कम्पनीको शेयर भने झन्डै ७ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका ७६ लाख ११ हजार कित्ता शेयर ३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया