फरार १२२ जना कैदीबन्दी काठमाण्डाैबाट पक्राउ

 असोज ३०, २०८२ बिहीबार १५:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १२२ जना कैदीबन्दीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ, उपत्यका अपराध अनुसन्धान कार्यालय र त्यस मातहतको टोलीले १२२ जना फरार कैदीबन्दीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये ११२ जना पुरुष र १० जना महिला छन् । प्रहरी वरिष्ठ उपरीक्षक थापाले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया