शेयर बजार २५ सय विन्दुबाट तल झर्‍याे

 असोज ३०, २०८२ बिहीबार १५:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४० अङ्कले घटेर २ हजार ४ सय ८७ दशमलव १७ विन्दुमा झरेको छ ।

नेप्से १ वर्षयताकै कम विन्दुमा आइपुगेको हो । यसअघि गएको वर्षको असोज १० गते नेप्से २ हजार ४ सय ८६ विन्दुमा रहेको थियो ।

आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर २ दशमलव २१ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ९७ वटा कम्पनीको शेयर घटेकोमा ४५ वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएन ।

आज समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम सामान्य बढेको छ । हिजो ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ७६ लाख ४३ हजार कित्ता शेयर ३ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया