सरकारले चुनाव हुन्छ भनेर दुनियाँलाई ढाँट्यो : ओली

 कात्तिक १, २०८२ शनिबार १८:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आउँदो फागुन २१ गते चुनाव गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ ।

पार्टीको सम्पर्क समन्वय कमिटीले पार्टी मुख्यालय च्यासलमा आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनाव गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधिसभा पुनर्स्थास्थापनाको मागलाई अघि बढाउनुपरेको तर्कसमेत गर्नुभयो । आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले चुनाव गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरूलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरूले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना नागरिकलाई झुक्याउने, नागरिक ठग्ने मेलो मात्रै हो । बर्मामा ६ महिनामा चुनाव गराउँछु भनेको कति वर्ष भयो ?’

अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाण्डाै उपत्यकाबाहिर नजान प्रतिबन्ध लगाए पनि आवश्यक परेका बेला देशको कुनै पनि शहरमा घुम्न जानसक्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया