तिहारमा फूलमाला, भाइमसला, झिलिमिली बत्तीलगायतको व्यापार बढ्यो

 कात्तिक ४, २०८२ मंगलबार ९:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – तिहारको अवसरमा बजारमा हुने कारोबारले अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । मुख्य पर्व दशैँ, तिहार तथा छठका बेला अत्यावश्यक बस्तुसहित अन्य सरसामग्रीको कारोबार उच्च हुने गर्छ ।

विशेषगरी तिहारमा फूलमाला, लत्ताकपडा, भाइमसला, मिठाई, झिलिमिली बत्तीलगायतको व्यापार धेरै हुन्छ । आवश्यक थरीथरीका सरसामग्री किन्न बजारमा उपभोक्ताको भिडभाड छ । यसले गर्दा ठूलो रकम बजारमा पुग्ने गरेको र अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुगेको अर्थविज्ञले बताएका छन् ।

व्यापारीका अनुसार बजारमा उपभोक्ताको किनमेल र घुँइचोले उत्साह थपेको छ । काठमाण्डौ उपत्यकाका मुख्य बजारसहित देशका अन्य ठाउँमा पनि कारोबार राम्रै भइरहेको छ । ठूला व्यापारी मात्रै होइन साना व्यापारीलाई पनि यतिबेला भ्याइनभ्याइ छ ।

किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका धरान उपमहानगरपालिका–२ का बिक्की दासले अहिले दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको कारोबार भइरहेको बताउनुभएको छ । फूलमाला, बत्ती, मिठाइ मसलालगायतले बजार ढाकेको छ । तर यसवर्ष तिहारका लागि आवश्यक फूलसहित कतिपय बस्तुको भाउ अचाक्ली महँगो हुँदा मर्कामा परेको उपभोक्ताले गुनासो गरेका छन् ।

केही व्यवसायीले चाडपर्वका बेला सामानको भाउ बढाएर मौका छोप्ने गरेका र आफूहरुले चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक भरतप्रसाद आचार्यले बताउनुभएको छ । यो बेलामा उपभोक्ता आफैं सचेत भएमा स्वच्छ बजार कायम गर्न थप सहज हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया