पहाडी क्षेत्रका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना

 कात्तिक ५, २०८२ बुधबार ७:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ । त्यस्तै भाइटीकाको दिन भोलि पनि सबैजसो ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया