इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डाै – स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाण्डाैको माइतीघरमा प्रदर्शन गर्न पुगेका ७६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर काठमाण्डाैको टोलीले सोधपुछका लागि पक्राउ गरेको हो । स्थानीय प्रशासनको अनुमतिविना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ ।
पक्राउ परेका ७६ मध्ये ३६ जना महिला र ४० जना पुरुष छन् । जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्दा नपाएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।