सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डौ – देशका विभिन्न ठाउँमा गएरातिदेखि नै वर्षा र हिमपात भएको छ । गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा र बिहानदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा र हिमपात शुरू भएको हो । आउँदो शुक्रवारसम्म नै वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आजभन्दा भोलि वर्षा कम हुनेछ । पर्सि बिहीवार फेरि केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ, भने तराई भू–भागमा आंशिक बदली रहने सम्भावना रहको महाशाखाले जनाएको छ । आजको तुलनामा भोलि वर्षा र हिमपात कम हुने सम्भावना छ ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । पर्सि बिहीवार कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र लुम्बिनीका पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षा तथा कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा तथा गण्डकी प्रदेशका थोरै ठाउँमा हिमपातको सम्भावना छ ।
पर्सि कोशी र बागमती प्रदेशका उच्च हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो हिमपात तथा मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।