इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डाै – नेपाल पर्वतारोहण सङ्घले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात भइरहेको भन्दै पर्वतारोहण दल र पदयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
सङ्घले आज सूचना निकालेर पर्वतारोही र पदयात्रीलाई उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित ठाउँमा रहन अनुरोधसमेत गरेको छ । यात्रा गर्नुअघि थप सतर्कता अपनाउन पनि सङ्घले सुझाव दिएको छ । सङ्घले सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई पनि आफ्ना आरोहण दल तथा पदयात्रीको सुरक्षाका लागि समन्वय गर्न आग्रह गरेको छ ।
आउँदो शुक्रवारसम्म देशका विभिन्न ठाउँमा वर्षा र उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।