बङ्गालकाे खाडीमा विकसित चक्रवातले नेपालमा पनि ठूलो पानी पर्न सक्छ : विभाग

 कात्तिक ११, २०८२ मंगलबार १६:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' का कारण नेपालमा पनि ठूलो पानी पर्न सक्ने जनाएको छ ।

विभागले आज प्रेस विज्ञप्ति निकालेर 'मोन्था' को प्रभावले पर्सि बिहीवार दिउँसोदेखि शनिवार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने जानकारी गराएको हो । 'मोन्था' आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेकोले उत्तरतर्फ सर्दै १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म नेपालमा प्रभाव पार्ने विभागको विज्ञप्तिमा उल्लेख छ ।

प्रणालीको प्रभावले मधेश र कोशीका धेरै तथा बागमतीका केही ठाउँमा मध्यम तथा मधेश र कोशी प्रदेशका एक/दुई ठाउँमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव उल्लेखनीय बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान छ । बागमती प्रदेशका काठमाण्डाै उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया