इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डौ – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से पाँच दशमदव १७ अङ्कले घटेर २५६६.१६ विन्दुमा झरेको हो । हिजो नेप्से ६२.२९ अङ्कले बढेको थियो ।
आज अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ । बजार घटे पनि होटल तथा पर्यटन, जलविद्युत्, लघुवित्त र व्यापार समूहको शेयर भने बढेको छ । आज खानीखोला जलविद्युत् आयोजनाको शेयर १० प्रतिशत बढेर सकरात्मक सर्किट लाग्यो ।
बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय २१ वटा कम्पनीका एक करोड १५ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।