इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा त्रिपक्षीय छलफल चलिरहेको छ । चुनावको वातावरण बनाउन आन्दोलनकारी, सरकार र दलबीच पहिलोपटक छलफल भइरहेको हो । छलफलमा राजनीतिक दलबाट १५ जना र जेनजी समूहबाट १३ जना प्रतिनिधिको सहभागिता रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, बैठकमा जेन–जी अगुवाहरु मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, समना लावती, सागर ढकाल, खेमराज साउद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डङ्गोल, अमित खनाल र रिजन राना मगर सहभागी हुनुहुन्छ ।
यस्तै दलहरुका तर्फबाट नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत, नेकपा एमालेबाट महेश वर्तौला र क्षितिज थेबे, माओवादीबाट नारायणकाजी श्रेष्ठ र वर्षामान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्ले र निशा डाँगी सहभागी हुनुहुन्छ ।
सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित हुनुुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गतेका लागि निर्धारित चुनावको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउने लगायतका विषय छलफल भइरहेको छ ।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा चुनावको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने कुरामा दलहरु सकरात्मक भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।