गण्डकी प्रदेशसहित पूर्वी क्षेत्रमा बदली र वर्षा, माथिल्लो क्षेत्रमा हिमपात

 कात्तिक १३, २०८२ बिहीबार १४:४२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – गण्डकी प्रदेशभन्दा पूर्वको सबैजसो ठाउँमा वर्षा तथा हिमपात भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भइरहेको हो ।

काठमाण्डौ उपत्यकासहित पूर्वमा गएरातिदेखि र गण्डकी प्रदेशमा बिहानदेखि वर्षा  भइरहेको हो । तर बङ्गालको खाडीमा विकसित मोन्था नामक चक्रवातको प्रभावले अझै बढी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनोद पोखरेलले अहिले न्यूनचापीय प्रणाली नेपाल नजिक आउने क्रममा रहेको र आज रातिदेखि सक्रिय हुने बताउनुभयो । उहाँका अनुसार, मोन्थाको प्रभावले हिजो बेलुकादेखि पूर्वी नेपाल र आज बिहानदेखि गण्डकी प्रदेशभन्दा पूर्वका सबै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मोन्थाका कारण आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा भारी वर्षा गराउने सम्भावना राम्रै रहेको पोखरेलले बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनका लागि मौसमी चेतावनी जारी गरेको छ । विभागले देशका विभिन्न भागमा वर्षा र हिमपातको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज रातिदेखि कोसी, मधेश र वाग्मती प्रदेशका सबै जिल्लामा तथा गण्डकी र लुम्बिनी प्रदेशका गोरखा, नवलपरासी र रूपन्देही जिल्लामा ’सतर्क रहन’ भनेको छ ।

विभागले भोलि कोसी, मधेश, र वाग्मती प्रदेशका सबै जिल्लासहित गोरखालाई ‘सतर्क रहने’ सूचीमा राखेको छ । पर्सी शनिवार कोसी प्रदेशको पूर्वी भेगका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा ‘सतर्कता’ अपनाउन भनिएको छ ।

वर्षाका कारण त्रिभुवन विमानस्थलसहित केही विमानस्थलमा उडान प्रभावित भएको छ । यस्तै कोशी, बीपी लगायत राजमार्गका केही सडकमा अवरोध भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पदयात्रामा गएकाहरु पनि समस्यामा परेका छन् । रामेछाप सहितकाकेही ठाउँमा काटेको धान खेतमै भिजेको छ । आज रातिदेखि झनै ठूलो वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । 

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया