देशभर चलचित्र ‘परान’ प्रदर्शनमा

 कात्तिक १४, २०८२ शुक्रबार ८:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपाली समाजका भावना, पारिवारिक सम्बन्ध र यथार्थलाई उजागर गर्ने नयाँ चलचित्र ‘परान’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो चलचित्रले आम नेपाली परिवारभित्रको कथालाई पर्दामा उतारेको छ ।

चलचित्रको कथा स्वयम् निर्देशक आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेख्नुभएको हो । ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश शाह, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा र बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको अभिनय छ । 

गीतमा रिदम कँडेलको सङ्गीत सुन्न सकिन्छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वरले रहेको छ । चलचित्रलाई गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ले निर्माण गरेको हो ।

निर्माताहरूका अनुसार, ‘परान’ केवल मनोरञ्जन होइन, यो नेपाली समाजका हरेक घरभित्रको कथालाई उजागर गर्ने चलचित्र हो – जसमा हाँसो, आँसु र अपनत्व तीनै मिसिएका छन् ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया