भोलिदेखि मौसममा सुधार हुने

 कात्तिक १४, २०८२ शुक्रबार १०:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : मौसम पूर्वानुमान महाशाखा

काठमाण्डौ – भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो ।

महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । रातिदेखि कोशी र मधेशका केही ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा धेरै मोरङ, सप्तरी र झापामा पानी परेको महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । राति कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना छैन । यस्तै बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

भोलि राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा छिटपुट वर्षा र हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । पर्सि कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया