इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डाै – ‘मोन्था’ चक्रवातका कारण पछिल्लो १२ घण्टामा मोरङको सुन्दरहरैँचामा सबैभन्दा धेरै २०६ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घण्टामा पनि सबैभन्दा धेरै सुन्दरहरैंचामा २४० दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यो आज दिउँसो २ बजेसम्मको तथ्याङ्क हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई भारी वर्षाको सूचीमा राख्छ । त्यस्तै सप्तरीको बरमजियामा पछिल्लो १२ घण्टामा १२९ दशमलव ८ र पछिल्लो २४ घण्टामा १५६ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । झापाको अनारमणी विर्ता वर्षामापन केन्द्रमा पनि पछिल्लो १२ घण्टामा १२१ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।
मोन्था चक्रवातको असर अहिले सुदूरपश्चिम र कर्णालीबाहेक सबै प्रदेशमा छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका सबैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पूर्वको कोशी र मधेशमा मोन्थाको प्रभाव तुलनात्म रूपमा धेरै परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । बदली र वर्षा भने अरू ठाउँमा पनि भइरहेको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
हिजोको तुलनामा आज पूर्वमा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।