दाङमा तास खेलिरहेको अवस्थामा दुई महिलासहित पाँच जना पक्राउ

 कात्तिक १५, २०८२ शनिबार १०:३७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

दाङ – दाङको घोराहीमा तास खेलिरहेका दुई महिलासहित पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ कात्तिकेडाँडाको कालिका सामुदायिक वनको प्रतिक्षालयमा तास खेलिरहेको अवस्थामा हिजो उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घोराही–१० खैराका विरबहादुर बुढा मगर, घोराही–१२ हापुर साजखर्कका दलबहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँकी तुलसी खड्का र कल्पना घर्ती मगर तथा भमबहादुर बाठा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट १२ बुक तास तथा ५५ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया