शेयर बजार ३० अङ्कले बढ्याे, ९ अर्ब २० कराेडकाे काराेबार

 कात्तिक १६, २०८२ आइतबार १६:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७५ अङ्कले बढेर २ हजार ६ सय ३१ दशमलव १४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ५ दशमलव १८, जीवन बीमा समूहको शेयर ४ दशमलव ३५ प्रतिशतले उकालो लागेको छ ।

आज सामुदायिक लघुवित्त, गुर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर तेह्रथुम पावर कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार उच्च अङ्कले बढेको दिन खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ४ दशमलव ७६ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । गएको बिहीवार ७ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका २ करोड ९७ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया