जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

 कात्तिक १७, २०८२ सोमबार १८:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सरकारले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ज्यान गुमाएकामध्ये ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गृह मन्त्रालयअन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरेको थपको बारेमा अध्ययन भइरहेको छ । यस्तै बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोकेको छ ।

बैठकले यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको मन्त्री खरेलले बताउनुभयो । यस्तै विपद् सङ्कटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय समेत भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया