झापा महिला गोल्डकपमा आज एपीएफ क्लब र सिङलिङ एस.सी खेल्दै

 कात्तिक १८, २०८२ मंगलबार ९:१५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सिक्किमको सिङलिङ एस.सीबीच खेल हुँदैछ । खेल झापाको दुधे रङ्गशालामा दिउँसो २ बजेपछि शुरु हुनेछ ।

हिजो भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई ८ गोलले पराजित गर्यो । आठ वटा टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब, सिङलिङ एस.सी सिक्किम, सङ्कटा क्लब, झापा एफसी, त्रिभुवन आर्मी क्लब र आर.एस पोखरा सहभागी छन् । प्रतियोगिता यही कात्तिक २४ गतेसम्म चल्नेछ । 

अन्तिम अपडेट: कात्तिक २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया