५ हजार कैदीबन्दी अझै फरार, झन्डै ५ सय थान हतियार फिर्ता हुन ...
कात्तिक २७, २०८२ बिहिबार
काठमाण्डौ – देशभर अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार अहिले मतदाता नामावली सङ्कलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन् ।
आयोगले चुनावका लागि ७९ प्रकारका सामग्री आवश्यक पर्ने सूची बनाएको छ । त्यसमा मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची, फारमलगायतका सामग्री छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आवश्यक पर्ने ७९ मध्ये १४ वटा सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारीमा रहेको बताउनुभयो । उहाँले मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरु आयोगसँग स्टक रहेकोले किन्नु नपर्ने समेत बताउनुभएको छ । अन्तरिम सरकारले आउँदो फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा चुनावको आवश्यक वातावरण बनाउन विभिन्न पक्षसँग वार्ता र छलफल तीब्र पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।