एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कात्तिक २६ गतेदेखि शुरू हुने

 कात्तिक १८, २०८२ मंगलबार १५:१६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘जेन–जी’ आन्दोलनका कारण बीचैमा रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगका बाँकी खेलहरू आउँदो कात्तिक २६ देखि २९ गतेसम्म हुने भएको छ ।

बाँकी खेलहरू काठमाण्डौमै सम्पन्न गर्ने र संशोधित खेल तालिका चाँडै सार्वजनिक गर्ने आयोजक इन्फिनिटी ड्रिम्सले आज विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

लिग रोकिनुअघि प्रतियोगितामा १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् । यी खेलहरू पोखरामा भएका थिए । अब ७ खेल बाँकी छ । ६ वटा टोली सहभागी प्रतियोगितामा ललितपुर क्वीन्स शीर्ष, कर्णाली यशविस दोस्रो र मधेश युनाइटेड तेस्रो स्थानमा छन् ।

प्रतियोगितामा ललितपुर, कर्णाली, मधेशसहित, काठमाण्डौ स्पाइकर्स, पोखरा निन्जाज र लुम्बिनी लाभा सहभागी छन् ।

अन्तिम अपडेट: कात्तिक २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया